२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा ३३ प्रतिशतलाई कोरोना खोपको पूर्ण मात्रा

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशमा १० लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार लक्षित उमेर समूहका १० लाख ३३ हजार १९९ जनाले खोप लगाएका छन् । तीमध्ये पहिलो मात्रा ६ लाख ३३ हजार ९७६ तथा दोस्रो मात्रा तीन लाख ९९ हजार १४३ जनाले लगाएका छन् ।

निर्देशनालयका निर्देशक डा रविन खड्काका अनुसार लक्षित वर्गमध्ये खोपको पहिलो मात्रा ५३ र दोस्रो मात्रा ३३ प्रतिशत नागरिकले लगाएको जानकारी दिए । प्रदेशमा १८ लाख ३४ हजार जनसङ्ख्यामध्ये १८ वर्षमाथिका १२ लाख नागरिक छन् । अब झण्डै दुई लाख जनसङ्ख्यालाई खोपको पहिलो मात्रा लगाउन बाँकी छ । निर्देशक डा खड्काले खोपको सहज पहुँच भएपछि अभियान प्रभावकारी हुँदै गएको बताए ।

‘लक्षित समूहको लागि कोभिडविरुद्धको खोपको पहिलो र दोस्रो मात्राको अभियान प्रदेशका सबै जिल्लामा चलिरहेको छ’, उनले भने, ‘बाह्रदेखि १७ वर्ष उमेर समूहकालाई पनि फाइजर खोपको पहिलो मात्रा दिन थालिएको छ, हालसम्म दुई हजार बढी बालबालिकाले फाइजर खोप लगाइसकेका छन् ।’

प्रदेशमा सबैभन्दा बढी डोल्पामा ७१ प्रतिशत तथा कम जाजरकोटमा ३० प्रतिशतले खोप लगाएका छन् । कर्णालीमा कोरोनाविरुद्ध कोभिशिल्ड, एष्ट्राजेनिका, भेरोसेल, जोन्सन एण्ड जोनसन र फाइजर खोप लगाइएको थियो । हाल फाइजर खोप सुर्खेतमा मात्र लगाउने व्यवस्था मिलाइएको छ । यसको पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ८ गतेसम्म लगाइएको थियो । निर्देशक खड्काका अनुसार १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई विद्यालयमै खोप केन्द्र स्थापना गरी खोप लगाउने तयारी भइरहेको छ ।

यसैबीच, कर्णालीका सुुर्खेतबाहेक नौ जिल्लामा सो उमेर समूहकालाई मोडर्ना खोप दिन लागिएको छ । नौ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने तयारी छ । मोडर्ना खोप पुुस ४ देखि १४ गतेसम्म लगाइनेछ । विसं २०६१ मङ्सिरदेखि २०६६ सम्म जन्मेकालाई यो खोप दिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस