२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस महाधिवेशनमा उम्मेदवारी मनोनयन जारी, कुन पदमा कस्ले गरे उम्मेदवारी दर्ता ?

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी छ ।

दिउँसो १ बजेसम्म सभापति उम्मेदवारमा एक जना मात्र उम्मेदवारी परेको छ । कांग्रेस सभापतिका लागि कल्याण गुरुङले उम्मेदवारी मनोनयन गरेका छन् । सहमहामन्त्रीमा तीनजनाले उम्मेदवारी दिएका छन् । मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे र फर्मुला मनसुरले उम्मेदवारी मनोनयन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सदस्यतर्फ अपाङ्ग कोटामा तीन, अल्पसङ्ख्यकमा एक र मुस्लिम कोटामा एकजनाको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशका लागि एक, गण्डकीका लागि एक र सुदूरपश्चिम प्रदेशका लागि एक तथा थारू कोटाबाट दुईजनाले उम्मेदवारी मनोनयन गराएका छन् ।

त्यसैगरी, वाग्मती प्रदेशबाट दुई, मधेसी कोटाबाट चार, कर्णालीबाट दुई तथा आदिवासी जनताजातितर्फबाट ११ जनाले मनोनयन गराएका छन् । निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ । विभिन्न २० स्थानबाट मनोनयन भइरहेको छ । कांग्रेस सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारको मनोनयन एकै ठाउँबाट भइरहेको छ भने केन्द्रीय सदस्य र प्रदेशको आरक्षणअनुसार फरक फरक गरी कूल २० स्थानमा मानोनयनको व्यवस्था गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले मनोनयनका लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ । आइतबार दाबी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस