२४ घण्टामा थप २८० जनामा कोरोना पुष्टि, ३६६ जना संक्रमणमुक्त « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

२४ घण्टामा थप २८० जनामा कोरोना पुष्टि, ३६६ जना संक्रमणमुक्त


२२ मंसिर २०७८, बुधबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने ३६६ जना निको भएका छन् ।

यस्तै काठमाडौँ उपत्यकामा १४६ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौँमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस