२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राष्ट्रिय हित हेरेर गरिएको निर्णयमा भ्रम छर्ने प्रयास’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय हित हेरेर दिइएको निर्देशनलाई आफूखुसी व्याख्या गरेर गलत प्रचार गरेको भन्दै बीमा समितिले आपत्ति जनाएको छ । समितिले सम्भव भएसम्म देशभित्रै पुनरबीमा गर्न र सम्भव नभए मात्रै विदेशी कम्पनीमा जान निर्देशन दिएको छ ।

नेपाल पुनरबीमा कम्पनी सञ्चालनमा रहेको र हिमालयन री इन्सुरेन्स कम्पनी सञ्चालनको तयारीमा छ । पुनरबीमामा एकाधिकार अन्त्य भएको तथा देशभित्रै दुई कम्पनी सञ्चालनमा रहेकाले सकेसम्म देशभित्रै पुनरबीमा गर्न दिइएको निर्देशनलाई आफूखुसी व्याख्या गरेर गलत प्रचार गरिएकामा समितिले दुःखेसो जनाएको छ । समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलका अनुसार अन्तर्राष्ट्रिय प्रचलन, मुलुकको हित, बीमितको बीमा रकमको सुरक्षा र बीमा व्यवसायको विकास एवम् प्रवर्द्धनलाई समेत ध्यानमा राखेर निर्णय गरिएको हो ।

समितिको निर्देशनलाई एकतर्फी रुपमा मनगढन्ते तरिकाले व्याख्या गरी जनमानस र सिङ्गो बीमा क्षेत्रलाई नै दिग्भ्रमित पार्ने गरी व्यक्त भएका त्यस्ता धारणा सार्वजनिक नगर्न तथा नगराउनसमेत आग्रह गरिएको छ । मुलुकमा हाल वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको तर पुनरबीमाबापत ठूलो रकम विदेशिने गरेकाले त्यसमा सकारात्मक योगदान पुर्‍याउनुपर्ने भएकाले देशभित्रै पुनरबीमा गर्ने व्यवस्था लागू गर्न जोड दिइएको समितिले जनाएको छ ।

बीमकले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष हिस्साका सम्बन्धमा हाल व्यवस्था कायमै राखिएको छ । स्वदेशी पुनरबीमकलाई विशेष प्राथमिकता प्रदान गर्ने व्यवस्थालाई समेत ख्याल गरेर आवश्यक निर्णय गरिएको उल्लेख गर्दै समितिले पुनरबीमा निर्देशिका, २०७८ मा भएको व्यवस्थाअनुसार नै आवश्यक निर्णय भएको स्पष्ट पारेको छ ।

स्वदेशी पुनरबीमा कम्पनीलाई उनीहरुको आर्थिक क्षमताले नधान्ने पुनरबीमा व्यवसाय पनि जबर्जस्ती उनीहरुलाई नै दिनुपर्ने भन्ने बाध्यात्मक व्यवस्था बीमा समितिको निर्देशनबाट देखिएको भन्ने प्रचारसमेत गलत रहेको र जनमानसमा भ्रम सिर्जना गर्न खोजिएको उल्लेख छ । बीमा एवम् पुनरबीमा व्यवसायको विकासलाई अवरुद्ध गर्ने नियोजित उद्देश्यका साथ गरिएको प्रचारको कुनै अर्थ नरहेको समितिले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस