२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि उत्तिकै : सभामुख

अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले विश्वमा विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहार कायमै रहेको देखिएकाले असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताएका छन् ।

स्पेनको म्याड्रिडमा असंलग्न मुलुकको सङ्गठन (नाम) को बैठकलाई आज सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिए ।

सभामुख सापकोटाले राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्दै कुनै पनि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षणका लागि पनि विश्वमा असंलग्न आन्दोलनको आवश्यकता रहेको बताए ।

‘विश्वका विकासशील देश निरन्तररुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदानबाट वञ्चित छन्’, उनले भने, ‘ती चुनौती रहँदासम्म असंलग्न आन्दोलनका सदस्य राष्ट्रले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहनुपर्छ ।’

सकारात्मक नतिजाका लागि हाम्रो संसद्ले त्यसतर्फको राष्ट्रिय प्रयासलाई सहयोग र प्रोत्साहन जारी राख्ने उल्लेख गर्दै सभामुख सापकोटाले संसदीय ऐक्यबद्धता र अनुभवको आदानप्रदानले असंलग्न आन्दोलनका सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

‘नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्त, नेपालका अमरपुत्र बुद्धको शिक्षामा आधारित छन्’, उनले भने, ‘नेपालको सङ्घीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो ।’

जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसद्बाट आशा गरेको स्पष्ट पार्दै सभामुख सापकोटाले नेपालको संसद् समझदारी तथा सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दालाई सम्बोधन गर्न प्रतिबद्ध छ भने ।

आइतबार स्पेनको म्याड्रिडमा जारी अन्तर व्यवस्थापिका सङ्घ आइपियुको १४३औँ सभालाई सम्बोधन गर्दै उनले शासनको सबैभन्दा मन पर्ने स्वरूपका रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौतीरहित भने नरहेको बताए ।

आइपियु सम्मेलनमा सहभागी हुन यही मङ्सिर ८ गते स्पेन प्रस्थान गरेका सभामुख सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस