नुवाकोट । नेपाली काँग्रेसको नुवाकोट सभापतिमा रमेशकुमार महतले जितेका छन् ।
१४ औँ अधिवेशनमा प्रतिस्पर्धी चिकित्सक केदार नरसिंह केसीलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । १७४७ मत खसेकोमा प्रतिस्पर्धी केसीले ८ सय २३ मत पाए भने उनले ८ सय ३३ मत ल्याएर विजयी भएका छन् ।
महतको पुरै प्यानलले जित हासिल गरेको छ । नुवाकोट सङ्घीय निर्वाचन क्षेत्र २ र प्रदेश सभाको ४ वटै क्षेत्रमा देउवा पक्ष अगाडी छ ।
त्यसै गरी उपसभापतिहरूमा सन्तमान तामाङ, राजु थापा, सचिव द्वयमा वैकुण्ठ मिश्र, श्रीराम श्रेष्ठ, सहसचिवमा यादव नेपाल र उत्तम पाठक विजयी भएका छन् ।