बुटवल । भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा एक जना दाङकी महिला र एक जना बाँकेका पुरुष रहेका छन् ।
मङ्सिर २५ गते अस्पताल भर्ना भएकी गढवा गाउँपालिका–७, दाङकी ४९ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्यु भएको हो भने, मङ्सिर ३० गते अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको गए राति ११ बजे मृत्यु भएको हो ।