प्रधानन्यायाधीशलाई महाअभियोग लगाएकोमा संयुक्त राष्ट्रसंघद्धारा नेपालको आलोचना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानन्यायाधीशलाई महाअभियोग लगाएकोमा संयुक्त राष्ट्रसंघद्धारा नेपालको आलोचना


प्रशासन विशेष ब्युरो

२२ बैशाख २०७४, शुक्रबार


संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगका प्रमुख जेद राद अल हुसैनले प्रधानन्याधीशमाथि राजनीतिक पूर्वाग्रहका आधारमा महाअभियोग प्रस्ताव दर्ता गरिएकोप्रति चर्को आलोचना गरेका छन् ।

हुसैनले यस्तो कदमले नेपालको न्यायपालिकाको स्वतन्त्रतामा बाधा पुग्ने चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगका प्रमुख हुसैनले एक विज्ञप्ती जारी गर्दै भनेका छन् –म नेपालका अधिकारीहरुलाई न्यायलयको स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्छु र राजनीतिक पूर्वाग्रहका आधारमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव लिन अनुरोध गर्छु’,

हुसैनले जारी गरेको विज्ञप्तीमा प्रधानन्यायाधीश सुशीला कार्कीले केही राजनीतिकरुपमा संवेदनशील मुद्दालाई फच्र्यौट गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई हटाउने कदमले संक्रमणकालीन न्याय र विधिको शासनप्रति सरकारको प्रतिबद्धताप्रति शंका उत्पन्न गर्ने बताइएको छ । एएफपी/जेनेभा ।

Tags :
प्रतिक्रिया दिनुहोस