२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवाका गाउँ गाउँमा संयुक्त सुरक्षा गस्ती

अ+ अ-

रसुवा । चाडपर्वका समयमा हुनसक्ने घटनाप्रति सजक रहँदै जिल्लाका गाउँ बस्तीमा संयुक्त सुरक्षा गस्ती परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बडादसैँको पर्व मान्न जिल्ला प्रवेश गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको र हिमाली दृश्यावलोकनका लागि आन्तरिक पर्यटकसमेत आउने क्रम बढ्दै गएकाले पूर्व सावधानी अपनाउँदै सुरक्षा व्यवस्था मजबुत पारिएको हो ।

गाउँ क्षेत्रको गस्तीका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बलसमेत संयुक्तरूपमा परिचालन गरिएको छ । करिब ४४ हजार जनसङ्ख्या रहेको जिल्लामा नियमित सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले गाउँ तथा राजमार्गसमेतका १४ स्थानमा सुरक्षा युनिट राखेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

दक्षिणी भेगको पारच्याङ, कालिकास्थान, बेत्रावती, डाँडागाउँ, हाकु, मैलुङ, ग्राङ, उत्तरी भेकको धुञ्चे, स्याफ्रुबेँसी, थाम्बुचेत, थुमन, टिमुरे, रसुवागढी तथा लाङ्टाङ क्षेत्रमा प्रहरी इकाइ छन् ।

कोभिड–१९ को प्रभाव कम भएसँगै पर्यटकीय क्षेत्र लाङ्टाङ एवं भगवान् शङ्कर विराजमान रहनुभएको पवित्र तीर्थ गोसाईंकुण्ड जाने भक्तजन तथा आन्तरिक पर्यटकसमेत ओहोरदोहोर हुन थालेकाले स्याफ्रुबेँसीमा तैनाथ पर्यटन प्रहरीले आफ्ना नियमित गस्ती सुरु गरेका छन् ।

चाडपर्वका अवसरमा जिल्लास्थित सरकारी तथा गैर सरकारी स्वामित्वमा रहेका कार्यालयका भौतिक सम्पत्तिको सुरक्षाका लागि पाले पहराको व्यवस्था मिलाइ बिदाका समयमा बाह्य व्यक्तिलाई कार्यालयको हातामा प्रवेश निषेध गराउने व्यवस्था मिलाउन सरोकारवाला निकायलाई प्रहरीले अनुरोध गरेको छ ।

मानिसको जनघनत्व बढेपछि झैझगडा तथा चोरीसमेतका कार्य हुनसक्ने सम्भावनाप्रति सजक रही त्यस्ता अवाञ्छित घटना हुनसक्ने सम्भावना देखिएमा गस्तीमा रहेका सुरक्षाकर्मी तथा नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालय रसुवाको फोन नं ०१०५४०१९९ र प्रहरी प्रमुखको मोबाइल नं ९८५१२७५५५५ मा खबर गरी सुरक्षा व्यवस्था स्थिर राख्ने कार्यमा सहयोग गरिदिन प्रहरीले सबै पक्षसँग आग्रह गरेको छ ।

मान्यजनबाट टीका थाप्न जानेक्रममा यात्रा गर्दा महँगोखाले गरगहना नलगाउन र साथीको साथमा मात्र हिँडडुल गर्न सम्पूर्ण रसुवाका बासिन्दामाझ आग्रह गरिएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस