२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय फुटसल लिगः शङ्खमुल फाइनलमा, उपाधिका लागि स्पोर्टस् क्यासलसँग भिड्ने

अ+ अ-

कास्की । शङ्खमुल फुटसल क्लब पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको खेलमा ‘द राइजिङ’ क्लब धरानमाथि ४–३ गोल अन्तरको जित निकाल्दै काठमाडौँको शङ्खमुल क्लब फाइनलमा प्रवेश गरेको हो ।

विजेता शङ्खमुलले शुक्रबार घरेलु टोली स्पोर्टस् क्यासलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । अत्यन्त रोचक र प्रतिस्पर्धात्मक खेलमा शङ्खमुललाई उपाधि नजिक पुर्याउनका लागि मणि लामा नायक बने ।

उनी एक्लैले चार गोल गर्न सफल भएका थिए । शङ्खमुलले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । खेलको सुरुआतमै मणिले गोल गर्दै अग्रता दिलाए । खेलको ११ औं मिनेटमा राइजिङका विसन श्रेष्ठले बराबरी गोल फर्काएपनि १५ औं मिनेटमा मणिले दोस्रो गोल गरे ।

शङ्खमुलले दोस्रो हाफमा भने लय गुमाउन पुगेको थियो । २४औँ मिनेटमा हेमन्त थापा मगरले गोल गर्दै खेल बराबरीमा ल्याए भने विशनले २८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै राइजिङलाई अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा लामाले ह्याट्रिक पूरा गर्दै शङ्खमुललाई हारबाट जोगाए ।

त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको समयको तेस्रो मिनेटमा लामाले व्यक्तिगत चौथो गोल गर्दै टिम उपाधि नजिक पुर्याउन सफल भए । लामा खेलको ‘म्यान अफ दी म्याच’ समेत घोषित भएका थिए ।

शङ्खमुलले बुधबार ‘एलिमेटर’मा घरेलु टोली सविन मेमोरियललाई हराएर राइजिङसँगको भेट पक्का गरेको थियो । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा गत असोज २ गतेदेखि जारी लिगको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले जनही २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । लिगमा देशका सात प्रदेशका १० टिमको सहभागिता रहेको थियो । एन्फाले पहिलो पटक फुटसल लिग आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस