२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपुर र चितवनका थारु समुदायले ‘यमोसा’ मनाउँदै

अ+ अ-

नवलपुर । नवलपुर र चितवनका थारु समुदायले मात्रै मनाउँदै आएको ‘यमोसा’ पर्व आज मनाइँदै छ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक तथा धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाइँदै छ ।

लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका थारुले सामूहिक रूपमा नै पर्व मनाउन लागेको थारु कल्याणकारिणीसभाका सभापति ललित चौधरीले बताए । आदिम कालदेखि यहाँ थारु समुदायले मनाउने सांस्कृतिक विविधता रहेको यमोसा पर्वमा स्थानीय बिदाको माग गरेका छन् ।

थारु समुदायले मनाउँदै आएको महत्त्वपूर्ण चाडपर्वमध्ये यो पर्व पनि एक हो । यमोसा पर्व नवलपुर र चितवनका थारु समुदायले मात्र मनाउने एउटा महत्त्वपूर्ण चाड हो ।

यस चाडमा थारु समुदायका सम्पूर्ण व्यक्तिले पितृलाई तर्पण दिने गर्दछन् । यमोसा पर्व सोह्र श्राद्धको औँसीमा पर्ने भएकाले यस पर्वलाई थारु समुदायका व्यक्तिले पितृ औँसी पनि भन्ने गर्दछन् ।

दसैँको घटस्थापनाको ठिक अघिल्लो दिनलाई यमोसा भनिन्छ । वर्षभरिमा यदि परिवारका सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिनमा ‘बरखी’ समापन गर्ने गरिन्छ । एक वर्षभित्र मरेका परिवारको सदस्यको जुठो आजकै दिन फुकाउने चौधरीले बताए । यो पर्व यहाँका थारुहरूले दुई दिनसम्म धुमधामसँग मनाउँछन् ।

यमोसाको अघिल्लो दिन अर्थात् चतुर्दशीलाई मछुवारी (माछा मार्ने दिन) भनिन्छ । त्यस दिन व्यक्तिगत वा सामूहिक रूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसी–बोका काट्ने चलन छ ।

दोस्रो दिन अर्थात् आज औँसीका दिन बिहानै पुरुष आफूले दाभी (सिरु/काँस) काटेर ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । त्यसलाई धोइपखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी उक्त सिरुको मुठा पिर्का वा कुर्चीमा राखेर पितृ स्थापना (पहुनी बेठोइ) गर्दछन् । पहुनीलाई विभिन्न प्रकारका फुलहरुले सिँगारिन्छ ।

पहुनीमा घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, गुट्खा, सुर्ती, चुरोट, रक्सी (पितृले प्रयोग गर्ने अम्मलका वस्तु) र पानी राखिन्छ । आजका दिन बिहानै बालबच्चादेखि बूढाबूढी सबै जना नुहाएर कुशे औँसीमा पुरोहितले काटेको कुश र पानीले पितृलाई तर्पण गर्दछन् ।

त्यसपछि आफ्नो क्षमताअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीका अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि यो एक वर्षभित्र परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने आजकै दिन बोका काटेर पितृलाई रगत चढाउने गरिन्छ । छाकी चढाएर सकेपछि मात्र खानपिन सुरु हुन्छ । छाकी सकिएपछि सर्वप्रथम छोरी, ज्वाइ’ वा कुनै पाहुना बोलाएर स्वागतका साथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोइ’ भनिन्छ । पाहुनालाई खुवाएर सकेपछि मात्र आफूले खाने गरिन्छ । खानपिनपछि पाहुनाको कपालमा तेल लगाएर काइ“योले कोरिदिने र फूल सिउरिदिने गरिन्छ । त्यसपछि नाङ्लोमा पानी राखी पाहुनालाई छम्केर शीतलता प्रदान गरिन्छ । त्यसलाई ‘पित्पित्रायन विद्हरइ’ भनिन्छ ।

आजको दिन घरमा जो–कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाउने थारु समुदायको परम्परा छ । यमोसाका दिन पाहुनालाई पितृ गणका रूपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । गाउँका सबै जना एकै ठाउँमा भेला भई पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले–पहिले एउटै रुखमा पाँच/छ वटा पिङ लगाइन्थ्यो । केटाहरुले साँझपख गाउँको बाटोमा ‘म्वार्हा’ गाँड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् ।

आजका दिन बेलुकीपख केटाकेटी समूह–समूहमा मिलेर घरघरमा ‘यमोसा’ खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउँदै यमोसा खान्छन् । यमोसा खाने क्रममा थारुहरूले

‘डौलीडौली मोदवा देले दबकाई
बौरीबौरी मोदवा देले निसकाई
मोदहर्नी घुघल बाजे।

‘भन्साक लकर–तकर मजीघर छमाकरी,
कते गेल मैनामोती भात रचे याउरी, भात रचे याउरी ।।’

लगायतका मौलिक गीत गाउने गर्दछन् । मौलिक थारु लोकगीत, तीम्वार्हा र बरहा, पितरी तथा पित्पित्रायन, पहुनी र छाकी सबै लोप हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस