३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानमा बस्ने २० नेपालीलाई कोरोना बीमा भुक्तानी

अ+ अ-

टोकियो । जापानमा नेपाली तथा विदेशीहरूका लागि केन्द्रित भई सञ्चालन गरिएको मिराई लाइफ इन्सुरेन्सले २० नेपालीलाई कोरोना सुविधा भुक्तानी गरेको छ ।

सो इन्सुरेन्सका अनुसार जापानका विभिन्न क्षेत्रमा रहेका नेपाली तथा विदेशीमा बढ्दो कोरोना सङ्क्रमणमा परेका र आफ्नो संस्थामार्फत बीमा भएका नेपालीहरूलाई सुविधा भुक्तानी गरेको हो ।

गत अगस्ट महिनामा मात्र २० जनालाई कोरोना सङ्क्रमण सहयोग रकम सुविधा भुक्तानी गरेको इन्सुरेन्स जापानका निर्देशक कमल अधिकारीले जानकारी दिए।

प्रतिव्यक्ति करिब ७० हजार येनदेखि दुई लाख येनसम्म दाबी भुक्तानी गरिएको निर्देशक अधिकारीले जानकारी दिए । अगस्ट महिनामा मात्र मिराई लाइफले २४ लाख २० हजार येन रकम सुविधाबापत भुक्तानी गरेको हो । आठ जनाले बेसिकतर्फ सात लाख ४० हजार तथा १२ जनाले प्रिमियम सुविधा १६ लाख ८० हजार येन रकम भुक्तानी गरिएको हो ।

करिब एक वर्षयता जापानमा नेपाली तथा विदेशीहरूका लागि स्वास्थ्य तथा जीवन बीमा सेवा सुरु भएयता करिब ३५ लाख येन रकम दाबी भुक्तानी गरेको जनाइएको छ ।

हालसम्म बीमा सुविधा दाबी गर्नेहरूमा ८० प्रतिशत कोरोना सङ्क्रमितहरू छन् भने बाँकी अस्पताल भर्ना भएका तथा शल्यक्रिया गरेकाहरू छन् । यता सेप्टेम्बर महिना लागेसँगै करिब नौ जनाले कोरोना सङ्क्रमण भएको जानकारी गराउँदै बीमा सुविधाका लागि दाबी गर्ने तयारी गरेका छन् ।

मिराई लाइफ इन्सुरेन्सले जापानमा सबैभन्दा धेरै खर्च हुने स्वास्थ्य जोखिम जस्तै अस्पताल भर्ना हुँदा दैनिक १० हजार (एक मान) येन, कुनै पनि शल्यक्रियाको ६० हजार (६ मान) येन तथा अस्पतालबाट डिस्चार्जपछि २० हजार (२ मान) येन सुविधा प्रदान गर्ने गरेको छ ।

यस्तै मृत्यु हुँदा २० लाख (२०० मान) येन परिवारलाई प्रदान गर्ने सुविधा राखेको छ । यस्तै कोरोना सङ्क्रमितहरूका लागि पनि अस्पतालमा भर्ना भए सरहको सुविधा प्रदान गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस