गठबन्धनमा आबद्ध दललाई मन्त्रीको भाग पुर्‍याउन मन्त्रालयको सङ्ख्या १३ पुर्‍याइयो « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

गठबन्धनमा आबद्ध दललाई मन्त्रीको भाग पुर्‍याउन मन्त्रालयको सङ्ख्या १३ पुर्‍याइयो


१३ भाद्र २०७८, आइतबार


बुटवल । लुम्बिनी प्रदेश सरकारले १३ वटा मन्त्रालय बनाएको छ ।

शङ्कर पोखरेल नेतृत्वको सरकारमा मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय रहेकामा आइतबार १३ पुर्‍याइएको हो ।

जसअनुसार लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय भएका छन् ।

त्यस्तै वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय रहेका छन् ।

गठबन्धनमा आबद्ध दललाई मन्त्रीको भाग पुर्‍याउनका लागि मन्त्रालय फुटाएर १३ वटा पुर्‍याइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस