मेक्सिकोमा आएको ‘ग्रेस’ आँधीका कारण कम्तीमा ८ जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मेक्सिकोमा आएको ‘ग्रेस’ आँधीका कारण कम्तीमा ८ जनाको मृत्यु


६ भाद्र २०७८, आइतबार


काठमाडौँ। मेक्सिकोमा आएको भीषण आँधीका कारण कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ ।

शनिबार पूर्वी मेक्सिकोमा तीव्र गतिको हावा र ठुलो वर्षासहित भीषण आँधी आएको बीबीसीले जनाएको छ । आँधीले भेराक्रुज राज्य सबैभन्दा बढी प्रभावित भएको छ ।

आँधीमा ज्यान गुमाउनेमध्ये ६ जना एकै परिवारका भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

वैज्ञानिकहरुले मेक्सिकोमा गएको आँधीलाई ‘ग्रेस’ नामाकरण गरेका छन् । आँधीको कारण कतिपय ठाउँमा विद्युत् आपूर्ति ठप्प भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस