२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिकोटमा दैलेखका तीन ठाउँबाट सडक जोडिँदै

अ+ अ-

मान्म । कालिकोट जिल्लामा दैलेख जिल्लाका तीन ठाउँबाट सडक जोडिने भएको छ । कालिकोटमा दैलेखका तल्लो डुगेश्वर, दुल्लु–कुशापानी डाडीमाडी–पीपलकोट हुँदै खुलालु मान्म, माथिल्लो–डुगेश्वर, दुल्लु, कुशापानी, कालिकोटको भर्ता हुँदै नाग्म र दैलेख सदरमुकामबाट महाबु, चिल्खाय, नाग्म हुँदै जुम्ला जोडने सडक निर्माण गरिएका हुन् ।

दैलेखबाट निर्माण गरिएका तीन वटा सडक कालिकोट र जुम्लाको सिमाना नाग्मसम्म जोडिने कालिकोट महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले बताए। ‘दैलेखका तीन ठाउँबाट कालिकोट जोड्ने सडक निर्माण भएका छन् । दैलेखतर्फको सडकखण्ड निर्माण भइसकेको छ, अब कालिकोटतर्फको सडकखण्ड निर्माण हुन बाँकी छ’, उनले भने , ‘तीन ठाउँबाट सडक निर्माण भए सुर्खेतबाट कालिकोट र जुम्लाको सडक दूरीमा कमी आउनेछ । बाटो छोटो हुनेछ ।’

सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै कालिकोटको नाग्म पुग्न २०० किलोमिटर र दैलेखका तीन स्थानबाट कालिकोट सडक जोडिएमा ६० किलोमिटर छोटो दूरी हुने काली शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले जानकारी दिए । ‘अहिले यी तीन वटै सडकमा काम चलिरहेको छ । कतिपय स्थानमा ग्राभेल, नाली र कालोपत्रेको काम भइरहेको छ । केही ठाउँमा ठुला भिरमा चट्टान फोड्ने काम पनि जारी छ’, उनले भने, ‘कालिकोटमा दैलेखबाट सडक जोडिए छोटो दूरी कायम हुन्छ तर दैलेखमा सडक निर्माणको कामले तीव्रता पाएको भए पनि कालिकोटमा सडक निर्माणको काम सुस्त छ । सङ्घीय सरकार र प्रदेश सरकारले प्राथमिकतामा राख्न सकेका छैनन् ।’

दैलेखको सदरमुकाम हुँदै कालिकोटको महावै गाउँपालिका जोड्ने सडकको ११ किलोमिटरमा कडा चट्टान भेटिएको तथा कालिकोटको भैँसेगौडादेखि चिल्खाय हुँदै नाग्मसम्म आठ किलोमिटरमा चट्टान रहेको कालिकोट महावै गाउँपालिकाका अध्यक्ष सिंहले बताए। ‘यी चट्टान फोड्न सके सडक निर्माणको काम सहज हुनेछ’, उनले भने, ‘यस सडकको कालिकोटको भैँसेगौडाको तिला नदीमा पुल निर्माण भइरहेको छ । पुल निर्माण भए यो सडक सञ्चालनमा आउने छ तर स्तरोन्नतिको काम गर्न जरुरी रहेको छ ।’

कालिकोटमा दैलेखका तीन ठाउँबाट सडक निर्माण भएमा आर्थिक वृद्धि र रोजगारीमा टेवा पुग्ने कालिकोट शुभकालिकाका अध्यक्ष चौलागाईंले बताए । ‘अहिले सेरी पान्तडीको सडक निर्माण भइरहेको छ । दैलेखबाट कालिकोट जोडिने सडक यसैमा जोडिने हुन्’, उनले भने, ‘यी सडक निर्माण भए कालिकोटको आर्थिक विकास, रोजगारी, व्यापारलगायतका सम्भावना बढेर जान्छन् ।’

प्रतिक्रिया दिनुहोस