२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाविरुद्धको खोप प्रदेश सरकारको प्राथमिकतामा

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मन्त्रीहरूले कोरोनाविरुद्धको खोप आफूहरूको प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित नवनियुक्त मन्त्रीहरूको बधाई तथा परिचयात्मक कार्यक्रममा उनीहरूले जनअपेक्षाअनुसार खोप उपलब्ध गराउने कुरामा आफूहरू लागेको बताए ।

गण्डकीमा आमसञ्चार विधेयक ल्याउनु पूर्व पत्रकारको सुझावअनुसार अघि बढ्ने बताउँदै मन्त्रीहरूले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरू प्रतिबद्ध रहने बताए । पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले लोकतन्त्रको मूल्यमान्यता विपरीत गण्डकी सरकार अघि बढ्न नसक्ने बताउँदै सञ्चारजगत्कै कारण देशमा ठुला ठुला परिवर्तन ल्याउन सम्भव भएको उल्लेख गरे । प्रेस स्वतन्त्रताको रक्षा भए मात्र देशमा लोकतन्त्रको रक्षा हुने उनले भने।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले अहिलेको प्रमुख आवश्यकता कोरोनाविरुद्धको खोप भएकाले तीनै तहको सरकार मिलेर खोप उपलब्ध गराउने बताए । कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले कोरोना महामारीको समयमा सञ्चारजगत बाँच्ने र बचाउनका लागि आफू लागिपर्ने बताइन् । कोरोनाबाट सबै क्षेत्र तहसनहस भएको बताउँदै उनले सञ्चार क्षेत्र झन् जोखिमयुक्त क्षेत्र भएको उल्लेख गरिन् । मन्त्रालयमा रु ८८ करोड बजेट रहेकोमा सञ्चार क्षेत्रका लागि रु दुई करोड बजेट रहेको उनले जानकारी दिइन्।

उक्त अवसरमा युनियनका तर्फबाट नेपाली काङ्ग्रेसबाट नियुक्त मन्त्रीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ । उनीहरूलाई बधाई पत्रका साथमा माला र खादा ओढाइ सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, केन्द्रीय सचिव केवी राना, युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, युनियनका सल्लाहकार रवीन्द्र बाँस्तोला, गङ्गाधर पराजुली, शिरोमणि बराल, जिल्ला उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेललगायतले जनताको हितलाई ध्यानमा राखेर काम मन्त्रीहरुलाई आग्रह गर्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी नहुने गरी काम गर्न सुझाव दिए।

नेपाल प्रेस युनियन कास्कीले यसअघि नै प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्कालाई बधाई तथा सम्मान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस