२४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

२४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु


९ श्रावण २०७८, शनिबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५ पीसीआर परीक्षण गर्दा २ हजार ३०९ जना र ४ हजार २८५ एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६९५ पुगेको छ।

गत २४ घण्टामा २ हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार ७५७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस