२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्जु पन्तको ‘छटपटी’ गीतमा म्युजिक भिडियो सार्वजनिक (भिडियो)

अ+ अ-

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।इजरायलमा बसेर आफ्नो सङ्गीत यात्रालाई अघि बढाइरहेका गायक, गीतकार तथा सङ्गीतकार राज लिम्बुको यस गीतमा शब्द र सङ्गीत रहेको छ।

प्रेम सम्बन्धमा आउने उतारचढाव, अविश्वास र पीडालाई समेटेर तयार पारिएको यस गीतलाई दीपक राज विश्वकर्माले सङ्गीत संयोजन गरेका हुन्।

गायक लिम्बु जीवनको यथार्थलाई समेटेर सिर्जना गर्न रुचाउँछन्। यसअघि गायक लिम्बुको स्वरमा ‘बुझिदे’, ‘म पागल’,‘जलेर खरानी’ लगायतका थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन्।

वियोगान्त प्रेम कथालाई समेटेर तयार पारिएको यस गीतको म्युजिक भिडियोमा निता क्षेत्री, टेकेन्द्र कार्की र विष्णु कट्टेलबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ।

इजरायलमा छायाङ्कन गरिएको यस भिडियोलाई सन्तोष माबो (माबो क्रिएशन)को छायाङ्कन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक लिम्बुको आधिकारिक च्यानल ‘राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। विदेशी भूमिमा तयार पारिएको यस भिडियोलाई दर्शक, स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

प्रतिक्रिया दिनुहोस