काठमाडौँ । नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरूले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
यसअघि केपी ओली नेतृत्वको सरकारमा वन मन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् ।
उनीहरू विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै लबीमा प्रवेश गरेका छन् ।