काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको भविष्यवाणी गर्ने ज्योतिषी सुरेश चन्द्र रिजालले अर्को भविष्यवाणी गरेका छन् ।
आज प्रतिनिधि सभामा विश्वासको मत लिने तयारीमा रहेका देउवाको आजको दिन विशेष कार्य सिद्धिको योग परेको बताइएकाे छ ।
उनले असार २७ गतेबाट सुरु भएको गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको शुभ दिन भएको बताएका छन् ।
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने तएका छन् ।
गतअसार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अन्तर्गत प्रतिनिधि सभाको आजै बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने तयारी थालेका छन् ।