२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा

अ+ अ-

बाजुरा । लगातारको वर्षाका कारण बुढीगङ्गा नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि जिल्लाका दर्जनौँ झोलुङ्गे पुल उच्च जोखिममा रहेका छन् ।

जिल्लाको बडिमालिका नगरपालिका–२ घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ। पुलमाथि पानी पुग्ने र छेउछाउमा नदीले कटान गरेपछि पुलमा आवतजावत समस्या भएको छ ।

पुल जोखिममा परेपछि आवतजावतमा निकै समस्या भएको छ । गत वर्ष साउन २५ गते बुढीगङ्गामा आएको बाढीले चार वटा झोलुङ्गे पुल बगाएको थियो भने नदीमा रहेका दर्जनौँ पुल उच्च जोखिममा परेका थिए । जोखिममा बनेका पुललाई व्यवस्थापन तथा मर्मत नगर्दा वर्षा शुरु भएयता दर्जनौँ पुल बाढी र पहिरोको उच्च जोखिममा रहेको बडिमालिका–२ का वडाध्यक्ष डम्मर महतले बताए।

कर्णालीको पिलिचौरमा रहेको झोलुङ्गे पुल सधैँ वर्षाको समयमा जोखिम बन्ने गरेको छ । त्योसँगै कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन् । बाजुराको उत्तरपूर्वी क्षेत्रका वाई र वाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, बाजुराको रुगिन र मुगु जोड्ने पुल तथा बाजुरा हुम्ला जोडने पुल जोखिममा रहेको स्वामीकार्तिक खापर गाँउपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले जानकारी दिए । पुललाई छोप्ने गरी कर्णाली नदीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका वाई, साप्पाटा, जुकोट क्षेत्रमा आवागमन प्रभावित भएको अध्यक्ष शाहीको भनाइ छ ।

अछाम र बाजुरा जोड्ने पुल, बाजुर्गाड, गुइगाड, कोर्दालीगाड, घटमुना, बाहुली खोला, पानीलाउला, दहकोट, मौरे, कोटिलाको दैयालगायतका नदीमा रहेका झोलुङ्गे पुल पनि जोखिममा बनेको स्थानीयवासीले बताएका छन् । अन्य विकल्प नभएपछि ज्यानै बाजी राखेर पुलमार्फत आवतजावत गर्नुपरेको बडिमालिका–२ का स्थानीयवासी करवीर नाथले बताए ।

धेरै स्थानका पुल वर्षौँदेखि जोखिममा भए पनि कसैले वास्ता गरेको छैन । केही झोलुङ्गे पुलको दुवबैतिर बगाएर पुलनै बगाउने सम्भावना रहेको छ । सरकारले जोखिममा रहेका पुलमा आवतजावतसमेत बन्द नगर्दा झन् जोखिम बढेको छ । ‘अर्को विकल्प नभएपछि बाध्य भएर जोखिममा रहेका पुलबाटै आवतजावत गर्ने गरेका छौँ’, बडिमालिका–२ का डब्बले महतले भने।

बाजुरामा झोलुङ्गे पुल उच्च जोखिममा रहेपछि स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताए । केही स्थानमा रहेका पुलमा पानीको सतह बढेको बेला आवतजावत नै बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस