११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदीय मर्यादा र विश्वविद्यालयको स्वायत्तताको सम्मान गर्न १२ पूर्वउपकुलपतिहरुको आग्रह

अ+ अ-

काठमाडौँ । १२ जना पूर्व उपकुलपतिले प्रधानमन्त्री र मन्त्रीहरुलाई पदीय मर्यादा र विश्वविद्यालयको स्वायत्तताको सम्मान गर्न आग्रह गरेका छन् ।

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन दिलाउन शिक्षामन्त्री र सरकारप्रमुख स्वयंले विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्नाका साथै चिकित्सा शिक्षा आयोगलाई दबाव दिँदै आएको कुरा विभिन्न सञ्चार माध्यमहरूबाट जानकारीमा आएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षा सञ्चालनका लागि सम्बन्धन दिनसक्ने कलेजको संख्याको सीमा नाघेर पूर्वाधार नै नपुगेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्सा शिक्षा आयोगको स्वीकृति दिलाउन विधिको शासन एवं कानूनी राजको उपेक्षा गर्नुमा अलिकति पनि नहिचकिचाउनु ठूलो दुर्भाग्यको कुरा हो ।’

डा.श्रीकृष्ण गिरीको जायज अडानका कारण उनीमाथि गम्भीर धम्की आउन थालेका कुरा पनि सञ्चार माध्यमहरुमा आउन थालेको भन्दै पूर्व उपकुलपतिहरूले यसरी जो कसैलाई पनि इमानदारी र नैतिकतामाथिको चुनौतीस्वरूप भौतिक, मानसिक र शारीरिक यातना सामना गर्न परेमा त्यसबाट हुने कुनै पनि क्षतिको सम्पूर्ण जिम्मेवार वर्तमान सरकार हुने चेतावनीसमेत दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘डा. श्रीकृष्ण गिरीलाई सुरक्षा प्रदान गर्न र विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न र यी संस्थाहरूलाई आप्mना निकायहरूमार्फत विधिअनुरूप काम गर्न दिन हामी पूर्वउपकुलतिहरू सरकारसँग जोडदार माग गर्दछौँ ।’

यसरी विज्ञप्ति जारी गर्नेमा पूर्वउपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाश जङ्ग शाह, तोरणबहादुर कार्की, कैलाशनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, महेश्वरमान श्रेष्ठ, हिराबहादुर महर्जन, जयराज अवस्थी र नरेशमान बज्राचार्य छन् ।

प्रतिक्रिया दिनुहोस