बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बिएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको स्रोतले जनाएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) मा ऐन जारी हुनुभन्दा अघि मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौँ उपत्यका बाहिरको शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुने व्यवस्था उल्लेख गरिएको छ ।

आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन भन्ने उल्लेख छ । बिएन्डसीले २०७२ मा नै मनसाय पत्र लिई काठमाडौँ विश्वविद्यालयमा सम्बन्धनका लागि निवेदन दिएको स्रोतले दावी गरेको छ ।

प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐनले तोकेको कानुनी प्रक्रिया पूरा गरेको अवस्थामा सम्बन्धन दिन आयोगलाई निर्देशन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस