गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै


२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै छन्।

विश्वासको मत लिनुभन्दा २ दिन अगावै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले गत मंगलबार विश्वासको मत लिने पत्र सचिवालयमा दर्ता गराएका छन्।

गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक परिस्थिति छ।

६० सदस्यीय सांसद रहेको गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनका लागि ३१ मतको आवश्यक पर्छ । स्वतन्त्र सांसदसहित मुख्यमन्त्रीको पक्षमा अहिले २८ सांसद छन् । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद कृष्ण थापाको मत पनि गुरुङलाई जाँदा मुख्यमन्त्रीले २९ मत प्राप्त गर्छन् ।

नयाँ सरकार गठनका लागि विपक्षी चार दल कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमो गरी बहुमत पुग्छ । निर्णायक भूमिकामा रहेको राजमोबीच विवाद हुँदा नयाँ सरकार गठनमा समस्या देखिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस