८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम विपक्षीबाट बहिष्कार

अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपक्षी दलका सांसदहरुको सहभागिता छैन ।

विपक्षी दलका सांसदहरूले संसदीय मर्यादाविपरीत वैशाख १९ गते सांसदहरुमाथि धरपकड गरेको विरोधमा बहिस्कार गरेको नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बताइन् ।

‘संसदीय मर्यादालाई कायम राख्दै ४ दलका सचेतकमात्र भित्र जानुभएको छ, अरु हामी बाहिर छौं’, उनले भनिन् । तर बाहिर सरकारले पेस गरेको नीति तथा कार्यक्रम पास गर्न नदिने उनीहरुको रणनीति भनेर सत्तारुढ एमालेले आरोप लगाएको छ ।

प्रदेशसभामा विपक्षी ४ दलका सचेतकमात्र भित्र गएका छन् । अरु सबै सांसद बाहिर बसेका छन् । प्रदेशसभामा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादवनिकट जसपा र जनमोर्चाले विपक्षी गठबन्धन बनाएर मुख्यमन्त्री शंकर पोखरेलको पुनःनियुक्तिको विरोध गर्दै आएका छन् ।

यसअघि ४ दलका सचेतकले पहिले संसदमा मुख्यमन्त्री शंकर पोखरेलको पुनःनियुक्ति प्रकरणमा प्रदेश प्रमुख धर्मनाथ यादवको भूमिकामाथि प्रश्न उठाएका थिए । चारै दलका सचेतकले आजै विज्ञप्ति निकालेर यस्तो संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस