२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिया उद्योग खुल्ने

अ+ अ-

इलाम । कोरोना महामारीको विषम परिस्थितिमा चिया निर्यात नभएपछि उद्योग बन्द गरेका सूर्योदय नगरपालिकाका उद्यमीले पुनः सञ्चालनमा ल्याउने भएका छन् ।

नगरले चियाका लागि मापदण्ड बनाएपछि उद्योग सञ्चालनमा आउने भएका हुन् । नगर, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र उद्योगीका प्रतिनिधिको संयुक्त छलफलबाट मापदण्ड तयार पारिएको हो ।

हरियो चियापत्ती टिप्दा न्यूनतम तीन मिटर सामाजिक दूरी कायम गर्नुपर्ने भएको छ । अनिवार्यरूपमा मास्क, सेनिटाइजर पञ्जाको प्रयोग, चिया खाजाको व्यवस्था घरबाटै गर्ने, २ बजेसम्म सङ्कलन केन्द्रमा सङ्कलन गरेर ५ बजेभित्र उद्योगसम्म पुर्‍याउने, एक/एक घण्टामा सावुनपानीले हात धुने र एउटा बोरामा अधिकतम ३० किलोभन्दा बढी ढुवानी गर्न नपाउने मापदण्डमा उल्लेख छ ।

चिया प्रशोधन कार्यमा दुई वा तीनभन्दा बढी श्रमिक राख्न नपाउने, गुणस्तरीय चिया उत्पादन कार्यविधि, २०७५ को पालना गर्नुपर्ने, श्रमिक वा अन्य कामदारको विवरण प्रत्येक दिन सम्बन्धित वडामा बुझाउने, चिया टिप्न प्रयोग गरिने सुरक्षा सामग्री मजदूरलाई सम्बन्धित चिया कृषकले उपलब्ध गराउनुपर्ने, चिया ढुवानीको सवारी वडा कार्यालयमा दर्ता भएको हुनुपर्नेलगायत बुँदा समेटिएका छन् ।

चिया क्षेत्रमा सङ्लग्न किसान, श्रमिक वा उद्योगमा कार्यरत मजदुरमा सङ्क्रमण देखिएमा स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ । सङ्क्रमितलाई उपचारको लागि अस्पतालसम्म लग्न सवारीसाधनको व्यवस्था नगरले गर्ने जनाइएको छ । यसअघि गत वर्ष पनि नगरले १४ बुँदे मापदण्ड पालना लागु गराएर चिया टिपाईलाई सहज बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस