काठमाडौँ। जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् ।
भट्टराईले एक ट्विटमार्फत राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसकेको भन्दै राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका हुन् ।
उनले भनेका छन्,‘राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोपप्रत्यारोपको शृङ्खला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्र निम्ति शोभनीय हैन। राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गरी यो रहस्य सदाकोनिम्ति अन्त्य गरौँ ।’
उनले आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गर्न आग्रह गरेका छन् ।
राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको२०बर्ष भैसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुननसक्नु र आरोपप्रत्यारोपको शृंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्रनिम्ति शोभनीय हैन।राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानवीन आयोग गठन गरी यो रहस्य सदाकोनिम्ति अन्त्य गरौं!
— Baburam Bhattarai (@brb1954) June 2, 2021