काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्टेरोइड र यान्टिबायोटिक औषधि जथाभाबी प्रयोग नगर्न आग्रह गरेको छ ।
चिकित्सकको सल्लाहबिना त्यस्ता औषधि जथाभाबी प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले सुझाव दिएका हुन् ।
स्टेरोइड र यान्टिबायोटिक स्वास्थ्यकर्मीको सिफारिस र निगरानीमा रहेर मात्र प्रयोग गर्नुपर्ने भएकाले जथाभाबी प्रयोग गर्दा स्वास्थ्यमा समस्या देखा पर्ने उनको भनाइ छ । जथाभाबी स्टेरोइड र यान्टिबायोटिक प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर समस्याहरू देखापरिरहेको उनले बताए ।
उनले भने, ‘त्यस्ता औषधिले शरीरमा सुगर लेभल बढाउने लगायतका आदि समस्या देखिने हुँदा विशेषज्ञको सल्लाहबिना प्रयोग नगर्नुस्’