२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा कोरोनाबाट मर्नेको संख्या तीन लाख नाघ्यो, थामिएन मृत्यु

अ+ अ-

नयाँदिल्ली । भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन ।

भारतमा कोरोना भाइरस महामारीको विगत २४ घण्टामा थप चार हजार ४५४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ । कोभिड–१९ को दोस्रो लहर निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ । विज्ञहरुको भनाईमा भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी संख्यामा कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

यद्यपी यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन । भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या भने घटेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा दुइ लाख २२ हजार ३१५ जना नयाँ संक्रमित देखिएका छन् भने कोरोना शुरु भएयता हालसम्म दुइ करोड ३७ लाख २८ हजार ११ जना संक्रमणमुक्त पनि भएका छन् । भारतमा अझै पनि २७ लाख २० हजार ७१६ जनामा सक्रिय संक्रमण छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म करिब १९ करोड १८ लाख ५९ हजार १६४ डोज खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस