पूर्व राजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पूर्व राजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज


२९ बैशाख २०७८, बुधबार


काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह पूर्ण स्वास्थ्यपछि नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १९ दिनदेखि अस्पताल भर्ना भएका पूर्व राजाको स्वास्थ्य सामान्य बनेपछि बुधवार राति ८ बजे उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

उनीसँगै कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना गरिएकी पूर्व रानी कोमल शाह भने अझै अस्पतालमै छन्। उनको स्वास्थ्यमा क्रमिक र सन्तोषजनक सुधार आएको भए पनि केही दिन अझै अस्पताल रहन चिकित्सकले सुझाव दिएका छन्। दुई दिन अघि गरिएको ‘स्वाब टेस्ट’मा दुवैको रिपोर्ट नेगेटिभ आएको थियो।

भारतको हरिद्वारमा आयोजित महाकुम्भमा आयोजकहरूको निमन्त्रणमा विशिष्ट अतिथिका रूपमा उपस्थित पूर्व राजा दिल्ली हुँदै अप्रिल १८ मा स्वदेश फर्किएको चार दिनपछि पूर्व राजा, रानी तथा छोरी प्रेरणामा कोरोना पोजेटिभ पाइए लगत्तै उनीहरू नर्भिक अस्पताल भर्ना भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस