चिकित्सक सङ्घद्वारा देशभर ‘रेड अलर्ट’ घोषणा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चिकित्सक सङ्घद्वारा देशभर ‘रेड अलर्ट’ घोषणा


२९ बैशाख २०७८, बुधबार


काठमाडौँ। देशको स्वास्थ्य संस्थाले थेग्न नसक्ने गरी कोभिड–१९ को सङ्क्रमण बढेपछि नेपाल चिकित्सक सङ्घले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ ।

सङ्घले बुधवार एक अपिल जारी गर्दै कोभिड–१९ को महामारीको जालोलाई तोड्नका लागि ‘रेड अलर्ट’ घोषणा गरेको हो ।

चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा। बद्री रिजालले जारी गरेको अपिलमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्र भागमा रहेर काम गरिरहेका छौँ, गरिरहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

राष्ट्रपति, प्रधानमन्त्री, सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज समेतलाई सम्बोधन गर्दै अपिलमा भनिएको छ ‘नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रूपमा मनन गर्दै नेपाल चिकित्सक सङ्घ देशभर “रेड अलर्ट” घोषणा गर्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न अपिल गरेका छौ ।’

Tags :
प्रतिक्रिया दिनुहोस