२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाक्सिला र बुइपा इलेभेन स्पोर्ट्स क्लब जिल्ला लिग फुटबलमा च्याम्पियन

अ+ अ-

खोटाङ । जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत (ए) डिभिजनमा बाक्सिला फुटबल क्लब र (बी) डिभिजनमा बुइपा इलेभेन स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको राजाबासस्थित यलम्बर खेलमैदानमा शनिबार सम्पन्न जिल्ला लिगको (ए) डिभिजनतर्फ ११ अङ्कसहित बाक्सिला फुटबल क्लब लिग च्याम्पियन बनेको हो ।

(ए) डिभिजन लिगका विजेता क्लबले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउने आयोजक जिल्ला फुटबल सङ्घका प्रवक्ता सनम राई (जोजो)ले जानकारी दिए। यस्तै १० अङ्कसहित सोल्मा स्पोर्ट्स क्लब रनरअप र नौ अङ्कसहित खारम्बु स्पोर्ट्स क्लब तेस्रो भएको आयोजकले जनाएको छ ।

खोटाङ भगवती स्पोर्ट्स र हलेसी तुवाचुङ फुटबल क्लबले पाँच/पाँच अङ्कसहित (ए) डिभिजनमा आफ्नो स्थान कायम राखेका छन् । (ए) डिभिजनमा रहेको खोटाङ फुटबल एकेडेमी भने (बी) डिभिजनमा ओर्लिएको छ । यही वैशाख ११ गतेदेखि शुरु भएको प्रतियोगितामा (बी) डिभिजनतर्फ नौ अङ्कसहित बुइपा इलेभेन स्पोर्ट्स क्लब लिग च्याम्पियन बनेको छ । प्राप्त अङ्कका आधारमा बुइपा इलेभेन स्पोर्ट्स क्लब (बी) डिभिजनमा उक्लिन सफल भएको छ ।

चार अङ्कसहित जन्तेढुङ्गा फुटबल क्लब दोस्रो र तीन अङ्कसहित नमूना स्पोर्ट्स क्लब तेस्रो भएको प्रवक्ता राईले बताए । (बी) डिभिजन लिगमा नुनथला फुटबल क्लबले एक अङ्क मात्र प्राप्त गरेको जनाइएको छ । जिल्ला लिगमा (ए) डिभिजनतर्फ छ क्लब र (बी) डिभिजनमा चार क्लबबीच प्रतिस्पर्धा भएको थियो । गत वर्षको लिगमा प्राप्त गरेको अङ्कका आधारमा जिल्लाका छ क्लब (ए) र चार क्लब (बी) डिभिजनमा परेका थिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा विसं २०७६ देखि जिल्ला लिग फुटबल प्रतियोगिता शुरु गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले बताए। एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल सङ्घले जिल्लाकै इतिहासमा पहिलोपल्ट विसं २०७६ मा जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

विसं २०५९ देखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई विसं २०७५ मा अस्थायी र विसं २०७७ मा स्थायी सदस्यता प्राप्त भएको थियो । पूर्वी पहाडी जिल्ला खोटाङले एन्फाको सदस्यता पाएसँगै फुटबल खेल क्षेत्रको विकासले गति लिने अपेक्षा गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय फुटबल खेललाई प्राथमिकतामा राखेर हरेक स्थानीय तहमा खेलमैदान निर्माण तथा प्रशिक्षणको व्यवस्था मिलाइएको छ । हरेक स्थानीय तहमा एक÷एकवटा पालिकास्तरीय तथा हरेक वडामा वडास्तरीय खेल गराउने मिल्ने गरी खेलमैदान निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस