२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव

अ+ अ-

दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव छ । अहिले अस्पतालमा १२० अक्सिजनका सिलिन्डर छन् । ती सिलिन्डरले अस्पतालमा रहेका सङ्क्रमितलाई पुर्याउन निकै धौ–धौ पर्ने गरेको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताए ।

अस्पतालमा अहिले ४६ बिरामी भर्ना भएका छन् । अब श्यया थप्ने तयारी रहेको छ । अस्पालको माथिल्लो तला यसअघि नेपाल संस्कृत विश्वविद्यालयले दिन मानेको थिएन तर केही दिनदेखि बिरामी अस्पतालमा खचाखच भरिएपछि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेसहित स्थानीय तहका प्रमुखको विशेष पहलमा विश्वविद्यालयले माथिल्लो तला प्रदान गर्ने सहमति गरेपछि आजदेखि श्यया थप्ने कार्य भइरहेको व्यवस्थापक ओलीले बताए ।

उनका अनुसार ६५ श्यया थपिने छन् । उक्त श्यया थपिएपछि करिब ३०० अक्सिजन सिलिण्डर आवश्यक पर्छ । त्यसका लागि स्थानीय तहसँग सिलिण्डर उपलब्ध गराउन माग गर्दै आएको उनको भनाइ छ । ‘श्यया मात्रै थपेर हुँदैन्, श्ययासँगै अक्सिजन सिलिन्डर पनि थप्नु पर्छ’, उनले भने, ‘त्यसका लागि हामीले स्थानीय तहसँग श्यया सङ्ख्या थप गरिदिन माग गरेका छौँ ।’

पाँच बिरामीलाई बाहिरै राखेर उपचार

प्रयाप्त श्यया नहुँदा अहिले पाँच बिरामीलाई अस्पताल बाहिर राखेर उपचार थालिएको छ । उनीहरुलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको व्यवस्थापक ओलीले बताए। श्यया अभाव रहँदा व्यवस्थापनमा निकै चुनौती हुने गरेको उनको भनाइ छ । धेरै सङ्क्रमितलाई राख्न भनि फोन आउने गरेको भए पनि श्यया नहुँदा निकै समस्या हुने गरेको उनले बताए।

थप एकको मृत्यु

कोरोना अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत एक बिरामीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१२ की ४६ वर्षीया महिला रहेकी छिन् । उनलाई कोरोना पुष्टि भएपछि यही वैशाख ११ गतेदेखि सो अस्पतालको सघन कक्षमा राखेर उपचार भैरहेको थियो ।

जनशक्तिको पनि माग

अहिले बेलझुण्डी अस्पतालमा जनशक्ति पनि अभाव छ । जनशक्ति अभाव हुँदा दाङका छ स्थानीय तहसँग जनशक्ति पनि माग गरिएको व्यवस्थापक ओलीले बताए । उनका अनुसार घोराही र तुलसीपुर उपमहानगरपालिकासहित बबई, शान्तिनगर, बङ्गलाचुली र दङ्गीशरण गाउँपालिकाबाट कर्मचारी माग गरिएको छ । गाउँपालिकाबाट नौ/नौ जना र उपमहानगरपालिकाबाट १८/१८ जना जनशक्ति माग गरिएको छ । नर्स, कार्यालय सहयोगीसहितका कर्मचारी माग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस