उपत्यकाबाट झन्डै पाँच लाख सर्वसाधारण बाहिरिए « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपत्यकाबाट झन्डै पाँच लाख सर्वसाधारण बाहिरिए


१५ बैशाख २०७८, बुधबार


काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै करिब पाँच लाख सर्वसाधारण उपत्यका बाहिरिएको अनुमान गरिउको छ । यकिन तथ्याङ्क सार्वजनिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको यातायात व्यवसायीको अनुमान छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी उपत्यकामा १५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार मात्र झन्डै पाँच लाखले उपत्यका छोडेको अनुमान गरिएको छ ।

उपत्यका भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर रहेको छ । नागढुङ्गा, भक्तपुरको जगाते, बल्खु–फर्पिङ, चन्द्रागिरि, ललितपुरको लेले, टोखा छहरे, मुड्खु, जरसिंहपौवा र रामकोटलगायतका नाकाबाट भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर पुगेको ट्राफिकले जनाएको छ ।

मंगलवार नागढुङ्गा नाकाबाट मात्रै १५ हजार सार्वजनिक सवारी साधन बाहिरिएका छन् । ती सवारी साधनबाट करिब दुई लाख ५० हजार यात्रु बाहिरिएको प्रहरीको अनुमान छ ।

महानगरीय प्रहरी कार्यालयका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म एउटै नाकाबाट यति धेरै यात्रु बाहिरिएका छन्।

भक्तपुरको जगातेबाट पनि करिब एक लाख मानिसले उपत्यका छोडेको अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस