१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाले बगाएको रगत पसिनाको कारण यो देशको राष्ट्रिय अखण्डतामा आँच आउन दिएन –प्रधानसेनापति क्षत्री

अ+ अ-

बाँके । प्रधान सेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय अखण्डता जोगाउन भूतपूर्व सैनिकहरुले खेलेको भूमिका अहम् रहेको बताउँदै राज्य संकटमा पर्दा हिजो नेपाली सेनाले बगाएको रगत पसिनाको कारण देशको राष्ट्रिय अखण्डतामा आँच नआएको बताएका छन् ।

बाँकेको राझा व्यारेकमा संचालित नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन मध्यपश्चिमाञ्चललाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले सो कुरा बताएका हुन् ।

संस्थागत मूल्य र मान्यतालाई जीवन्त राख्न भूतपूर्व सैनिकहरुले खेलेको अहम् भूमिकालाई मुक्त कण्ठले प्रशंशा गर्दै क्षत्रीले नेपाली जनताले गरेको सेनामाथिको अगाध विश्वास, आस्था, भरोसा नै नेपाली सेनाको लागि हौसला र ऊर्जाको स्रोत भएको बताए ।

सम्बोधनको क्रममा क्षत्रीले नेपाली सेनाको कल्याणकारी कार्यक्रमहरुमा भू.पू. सैनिकहरुको हितलाई मध्यनजर राख्दै शिक्षा क्षेत्रमा सैनिक आवासीय महाविद्यालयहरुको स्तरोन्नती गर्दै चितवन, धनगढी, सुर्खेत, पोखरा र धरानस्थित महाविद्यालयहरुमा अध्ययन गर्ने छात्राहरुको लागि छात्रावास र यातायातको सुविधा तथा सुर्खेत, धनगढी, चितवन र काठमाडौंस्थित रिपुमर्दिनी सैनिक महाविद्यालयहरुमा १०+२ कक्षा सञ्चालन गर्ने योजना रहेको बताएका छन् ।

प्रधान सेनापति क्षत्रीले स्वास्थ्य क्षेत्रमा वीरेन्द्र अस्पताल, छाउनीमा भूतपूर्व सैनिक तथा परिवारका लागि बहिरंग विभाग निर्माण कार्य सम्पन्न भईरहेको र उपत्यका बाहिर फिल्ड अस्पताल विस्तार गर्ने योजना अनुरुप पहिलो चरणमा नेपालगञ्जस्थित इमामनगर व्यारेक परिसरमा सर्भेको कार्य सम्पन्न भई निर्माण कार्य शुरु हुन लागेको बताएका छन् ।
नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतको आठ वटा जिल्ला (दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा) का करिव एक हजार जना भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघु वित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेत्कृष्ट व्यवसायीहरुलाई पं्रशसा पत्र एवम् पुरस्कार वितरण भएको थियो भने अशक्त भूतपूर्व सैनिक, वहाँहरुका अशक्त परिवार र अशक्त गैर सैनिकहरुलाई व्हिल चियर वितरण तथा मध्य पश्चिम क्षेत्रको ज्येष्ठ भूतपूर्व सैनिक एवं निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्ये ज्येष्ठ महिलालाई अभिनन्दनसमेत गरिएको थियो ।

सम्मेलनमा नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघु वित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेत्कृष्ट व्यवसायीहरुलाई पं्रशसा पत्र एवम् पुरस्कार वितरण भएको थियो भने अशक्त भूतपूर्व सैनिक, वहाँहरुका अशक्त परिवार र अशक्त गैर सैनिकहरुलाई व्हिल चियर वितरण तथा मध्य पश्चिम क्षेत्रको ज्येष्ठ भूतपूर्व सैनिक एवं निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्ये ज्येष्ठ महिलालाई अभिनन्दनसमेत गरिएको थियो ।

कार्यक्रममा नेपाली सेना कल्याणकारी बोर्डका कार्यकारी अधिकृत रथी चित्र बहादुर गुरुङ्ग ले स्वागत मन्तव्य राख्नु भएको थियो भने भूतपूर्व सैनिकहरुको तर्फबाट रथी नेपाल भूषण चन्दले धन्यवाद मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस