प्रदेश आयुर्वेद औषधालयमा दैनिक थपिन थाले बिरामी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रदेश आयुर्वेद औषधालयमा दैनिक थपिन थाले बिरामी


६ बैशाख २०७८, सोमबार


सुर्खेत । कर्णाली प्रदेश सामाजिक मन्त्रालय अन्तर्गत रहेको प्रदेश आयुर्वेद औषधालयमा दैनिक बिरामी थपिन थालेका छन् ।

दैनिक ८० देखि १ सय २० बिरामी सेवा लिईरहेको र विशेष गरी पायल्स ,फिस्टुला र ग्यास्टिकका बिरामी रहेको कर्णाली प्रदेश आयुर्वेद औषधालय,सुर्खेतले जनाएको छ ।

प्रदेश आयुर्वेद औषधालयले १५ प्रकारका सेवाहरू जनतालाई प्रदान गर्दै आइरहेको छ । कर्णाली प्रदेशका मात्र नभई सुदूर पश्चिम र लुम्बिनी प्रदेशका बिरामी समेत आयुर्वेद उपचार गर्न आएको औषधालयका आयुर्वेद चिकित्सक डा। शङ्कर प्रसाद रिजालले बताएका छन् ।

डा। रिजाल भन्छन् , ‘आयुर्वेद चिकित्सक, वैद्य निरीक्षण, अधिकृत लेखा, वैध, ल्याब असिस्टेन्ट एक एक जना र कार्यालय सहयोगी २ सहित ८ जना मात्र प्रदेश आयुर्वेद औषधालयमा हामी रहेका छौ ।’

कर्णाली प्रदेशमा व्यापारिक र औषधीका दृष्टिकोणले ७४ प्रजातिका जडीबुटी सङ्कलन तथा निकासी हुने गर्दछ । त्यसमध्येबाट १० प्रकारका औषधीहरू निर्माण गरी ज्येष्ठ र असहाय नागरिक समेतलाई निःशुल्क वितरण गरिएको डा। रिजाल बताउँछन् ।

त्यसो त आयुर्वेद औषधिप्रति आम नागरिकको विश्वास समेत बढी नै रहेको छ । औषधालयको उपचारले मेरो पायल्स रोग ठिक भएको छ । यस्तै औषधालयको कार्यालय हाम्रो दैलेख जिल्लामा पनि भएको भए , म जस्ता धेरै विरामीले उपचार पाउँथे होला । ‘पायल्सको उपचारका लागि दुल्लु नगरपालिका दैलेखका ५२– वर्षीय नन्दराम जैसी भन्छन्’  ।

Tags :
प्रतिक्रिया दिनुहोस