दीपाश्री र सरोजको फेसबुक अकाउन्ट ह्याक गर्ने १४ वर्षीय किशोर पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

दीपाश्री र सरोजको फेसबुक अकाउन्ट ह्याक गर्ने १४ वर्षीय किशोर पक्राउ


प्रशासन संवाददाता

२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । कलाकार दीपाश्री निरौला, सरोज खनाललगायत सेलिब्रेटीको फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका छन्।

प्रहरीको साइबर अपराध ब्युरोले पर्साको बहुदरमाई नगरपालिका–५ का ती किशोरलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार ती बालकले फेसबुक अकाउन्ट ह्याक गरि त्यससँग जोडिएका साथीहरुसँग पैसा माग्ने गरेका थिए।

‘पैसा मागेको देखिन्छ तर कसैले पैसा दिएको जानकारी अहिलेसम्म प्राप्त भएको छैन’, ब्युरोका एसएसपी नविन्द अर्यालले बताए । उनका अनुसार विभिन्न कलाकारको फे‍सबुक अकाउन्ट ह्याक गर्ने यी बालक हुन्। हालसम्म चार जना कलाकारले जाहेरी दिएका छन्।

एसएसपी अर्यालले भने,–‘१४ वर्षको बालक भएकाले अन्य व्यक्तिको पनि संलग्नता हुने सक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस