काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५६ पीसीआर परीक्षण भएकोमा २६६ जनामा संक्रमण देखिएको हो । सोमबार थपिएका २६६ संक्रमितसँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ ।
यस्तै, २४ घण्टामा १०२ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । यो संगै हालसम्म २ लाख ७३ हजार ३४२ जना कोरोना भाइरस संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ ।
१ हजार ८ सय ३२ जना आइसोलेसनमा र ६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।