काठमाडौँ । नविल बैङ्कले ‘युएस डलर नविल आइ कार्ड’ ल्याएको छ । वर्षमा पाँच सय डलरसम्मको विदेशी बस्तु अनलाइन मार्फत सामान खरिद गरी त्यसको भुक्तानी उक्त कार्ड मार्फत गर्न सकिने नविल बैङ्कले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले विदेशबाट वर्षको अधिकतम पाँच सय डलरसम्मको बस्तु तथा सेवा खरिद गर्न सक्ने व्यवस्था सहितको परिपत्र जारी गरेसँगै बैंकहहरुले धमाधम डलर कार्ड ल्याउन लागेका छन् ।
परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म ,कम्पनी वा संस्थाले नेपाली मुद्रालाई विदेशी मुद्रामा परिवर्तन गरी त्यो कार्ड लिन सक्ने छन् । यस्तो कार्ड प्राप्त गर्नका लागि सम्बन्धित प्रयोगकर्ताले आफ्नो केवाई सी ‘ग्राहक पहिचान विवरण ’ आवधिक गर्ने र स्थायी लेखा नम्बर प्यान अनिवार्य रूपमा लिएको हुनुपर्ने छ ।