२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतबाट कर्मचारी खटाएर जनगणना तयारीका लागि कार्यालय स्थापना

अ+ अ-

जाजरकोट । जनगणनाको तयारीका लागि जाजरकोट सदरमुकाम खलङ्गामा कार्यालय स्थापना भएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको कामसमेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना, २०७८ देशभर सञ्चालन हुँदैछ । तथ्याङ्क कार्यालय सुर्खेतबाट केही कर्मचारी खटाएर कार्यालय स्थापना गरिएको हो ।

जिल्लामा जनगणना, २०७८ का लागि ३०४ जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरीवेक्षक र गणक परिचालन गरिने भएको हो । जम्मा ६४ सुपरीवेक्षक र २४० गणक परिचालन हुने जिल्ला जनगणना कार्यालय जाजरकोटका प्रमुख जनकबहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार सुपरीवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् । अहिले जनगणनाका लागि प्राविधिक तयारी भइरहेको छ । गणकले तथ्याङ्क सङ्कलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्वेक्षण गर्नेछन् । सुपरीवेक्षकले विसं २०७८ वैशाख २५ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्नेछन् ।

यस वर्ष जनगणनामा ८१ प्रश्नावली समावेश गरिने भएको छ । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइनेछ । यसका लागि अनलाइनमार्फत आवेदन दिन सकिने छ । करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको छ । यसअघि जिल्लाबाटै छनोट गरिने गरेको थियो । करारमा जनशक्ति लिनका लागि माघ ११ देखि चैत ११ गतेसम्म आवेदन दिने समय दिइएको छ । फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले यही चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्ने कार्यालय प्रमुख बोहराले जानकारी दिए ।

अघिल्ला वर्षमा शिक्षकलाई परिचालन गरिने गरेकामा यस वर्ष करारमा जनशक्ति नै राख्न लागिएको हो । जिल्लामा भेरी नगरपालिका, नलगाड नगरपालिका र छेडागाड नगरपालिकामा स्थानीय जनगणना कार्यालय रहने भएका छन् । जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति निर्माण गरिनेछ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्लाभित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र रहनेछ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानीय जनगणना समन्वय समिति रहने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस