संविधानमा नलेखिएपनि प्रधानमन्त्रीलाई विघटनको अधिकार हुने कानुन व्यवसायीको जिकिर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संविधानमा नलेखिएपनि प्रधानमन्त्रीलाई विघटनको अधिकार हुने कानुन व्यवसायीको जिकिर


२६ माघ २०७७, सोमबार


काठमाडौँ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको पक्षमा प्रधानमन्त्रीका निजी कानुन व्यवसायीका रुपमा अधिवक्ता अनन्तराज लुइँटेलले बहस गरिरहेका छन्।

बहसका क्रममा उनले प्रधानमन्त्री ओलीलाई जंगबहादुर नभइ शक्तिशाली बनाउन खोजिएको बताए।

भने, ‘प्रधानमन्त्रीलाई जंगबहादुर बनाउन खोजिएको होइन। शक्तिशाली बनाउन खोजिएको हो। विगतका ४ वटा विघटनबाट सिकेर सुदृढ (अविश्वासमा बन्देज) गरियो।’

लुइँटेलले शक्ति नभएको प्रधानमन्त्री चाहने हो भने संसदीय व्यवस्था नै निषेध गर्न पर्ने समेत बताए।

नेताहरुबीचको जुँगाको लडाइँले यो विषय विघटनसम्म पुगेको उनको तर्क थियो। त्यसैले विशुद्ध राजनीति झगडाको कारणले आएको रिट खारेज हुनुपर्ने उनको माग थियो।

त्यसैले प्रधानमन्त्रीले अविश्वासको प्रस्तावका कारण विगतमा काम गर्न नसक्दा निर्माण भएको अवस्था इजलासले मनन गर्नुपर्ने उनले बताए।

प्रधानमन्त्रीले कार्यकारी प्रमुखको उत्ताराधिकारीका रुपमा शक्ति प्रयोग गरेको उनले बताए। त्यसैले नलेखिएको विषय भएपनि प्रधानमन्त्रीले विघटनको अधिकार पाउने दाबी उनले प्रस्तुत गरे।

ओली सरकारले निर्वाचन घोषणा गरिसकेकोले निर्वाचनको वातावरणलाई हेरेर इजलासले फैसला गर्नपर्ने उनको दावी थियो।

लुइँटेलले बेलायत, श्रीलंका, अफ्रिका, केन्याको विघटनको सन्दर्भ समेत सुनाएका थिए। उनीभन्दा अघि बहस गरेका अधिवक्ताले पनि कमजोर प्रधानमन्त्रीको परिकल्पना संविधानले नगरेको जिकिर गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस