मनिला । आइतबार फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्प मापन केन्द्रका अनुसार डाभाओ डेल सुर प्रान्तको दक्षिणी भेगमा केन्द्रबिन्दु बनाएर स्थानीय समय १२:२२ मा भूकम्प गएको हो। यसले केही क्षति पुर्याएको र अझै पराकम्पनहरू आउन सक्ने आशंका गरिएको रोयटर्सले जनाएको छ।
फिलिपिन्स इन्स्टिच्युट अफ भोलक्यानोलोजी एन्ड सेस्मोलोजी (फिभोल्क्स) ले त्यस भूकम्पको गहिराइ १५ किलोमिटर रहेको बताएको छ। यो टेक्टोनीक खालको भूकम्प रहेको बताइएको छ।
आइतबार बिहान साढे ७ बजे पनि सोही क्षेत्रमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
क्षति विवरण आइसकेको भने छैन।







