३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा खानेपानी आयोजनाका कामदारले पाएनन् ज्याला

अ+ अ-

सिमकोट । खानेपानी उपभोक्ता समितिका अध्यक्षले काममा लगाए तर कामदारलाई ज्याला दिएनन् । आयोजनाका काम सकिएको पाँच महिना बित्दा पनि आफूहरुले ज्याला नपाएको कामदारको गुनासो छ । को सिमकोट गाउँपालिका–८ स्थित स्याडामा खाने पानी आयोजना निर्माणका लागि विनियोजन भएको रकम दुरुपयोग भएको पाइएको हो । स्याडा गाउँका करीब २०० स्थानीयवासीले मजदूरी गरी कमाएको रकम उपभोक्ता समितिका अध्यक्षले आफ्नो व्यक्तिगत काममा खर्च गरेको देखिएको छ ।

विसं २०७७ साउनदेखि होपा खाने पानीको काम शुरुआत गरेको पाँच महिना बितिसक्दा पनि कामदारलाई ज्याला नदिएको स्थानीय कामदारको गुनासो छ । समितिका अध्यक्षले स्याडा गाउँका १०० कामदारलाई ज्याला दिएको र अन्यलाई हालसम्म नदिएको स्याडा गाउँका स्थानीयवासी लक्ष्य बुढाले गुनासो गरे । गत साउनदेखि काम शुरु गरी भदौमा काम सम्पन्न भएको तर मजदूरी गरेको ज्याला नदिएको बुढाले बताए ।

स्थानीयवासी बुढाका अनुसार कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत खानेपानीका लागि रु ६५ लाख छुट्याएको थियो । उक्त रकममार्फत गाउँमा ११ वटा खाने पानीका नयाँ धारा बनाउने भनियो तर खाने पानी उपभोक्त समितिको लापरवाहीका कारण जम्मा नौवटा धारा मात्रै निर्माण गरिएको छ । गाउँमा नौवटा धारा निर्माण गरिएको नाम मात्रै भयो, धारा बनाइयो, तर पानी हालसम्म पनि झरेन यो समस्या जस्ताको तस्तै छ ।

उनले भने, “खानेपानीको काम गरेमा पैसा पनि पाइने, पानीको पनि सुविधा हुने भन्ने आशै आशमा काम गरियो । न पानी पिउन पाइयो नत ज्याला नै पाइयो ।” बुढाको जस्तै यहाँका स्थानीयवासीको गुनासो पनि उस्तै छ । उनीहरुका अनुसार धारामा पानी नझरेपछि पुरानै समस्या झेल्नुपर्ने बाध्यता छ । उपभोक्ता समितिका अध्यक्ष बुढालाई कामदारले ज्याला नपाएको विषयमा बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । ।

प्रतिक्रिया दिनुहोस