कम्युनिष्ट पार्टीलाई बदनाम गर्न ३१५ वटा बैठक भए : प्रधानमन्त्री ओली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कम्युनिष्ट पार्टीलाई बदनाम गर्न ३१५ वटा बैठक भए : प्रधानमन्त्री ओली


१९ पुस २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीलाई बदनाम गर्न अर्को पक्ष लागिपरेको बताएका छन्।

अनेरास्ववियू (ओली समुह) ल राजधानीको कार्की ब्याङ्वेटमा आइतबार आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्षलाई लक्षित गर्दै आफूविरुद्ध ३१५ वटा बैठक भएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीलाई लाञ्छना लगाउन, सरकारलाई असफल बनाउन र कम्युनिष्ट पार्टीलाई बदनाम गराउन ३१५ वटा बैठक भएछन्।’

तीमध्ये अधिकांश बैठक खुमलटारमा भएको आरोप पनि प्रधानमन्त्री ओलीले बताए।

उनले चुनाव तोकिएकै समयमा चुनाव हुने दाबी समेत गरे । उनले भने,’चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । ढुक्क हुनुस् वैशाखमा तोकिएकै समयमै चुनाव हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस