३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : काठमाडौँ र ललितपुर विजयी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी भएका छन् । बिहीबार भएको छनोट खेलमा काठमाडौँले भक्तपुरलाई चार विकेटले तथा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई २९१ रनले पराजित गरेको हो ।

काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३३ दशमलव चार ओभरमा ९७ रन बनायो । अन्ठानब्बे रनको विजय लक्ष्य काठमाडौँले २३ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर पूरा ग¥यो । काठमाडौँका लागि जितेन्द्रसिंह ठकुरीले ३८, रविन जोशीले २७ तथा विभत्सु थापाले १६ रन बनाए ।

बलिङतर्फ भक्तपुरका सुवास खत्रीले चार तथा धिरज अधिकारीले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा भक्तपुरका लागि अदित सुवेदीले ३६, कृष कार्कीले २७ तथा सुवास खत्रीले १४ रन बनाए । बलिङतर्फ काठमाडौँका इशान पाण्डेले सात दशमलव चार ओभरमा २८ रन खर्चेर पाँच विकेट लिए । यस्तै सुमन उदयले तीन विकेट लिए ।

यसैगरी त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहीबार नै भएको अर्को खेलमा आदिल खानको दोहोरो शतकको सहयोगमा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको ललितपुरले ४० ओभरमा चार विकेट गुमाउँदै ३७५ रन बनायो । तीन सय ७६ रनको विजय लक्ष्य पछ्याउने क्रममा त्रिभुवन विश्वविद्यालयले २९ दशमलव चार ओभरमा ८४ रन मात्र बनाउन सक्यो । ललितपुरका लागि आदिल खानले १२१ बलमा १६ चौका र १५ छक्काको मद्दतमा २०१ रन बनाए । यस्तै आशुतोष घिरायले ५८ बलमा १२ चौका र तीन छक्काको मद्दतमा ८३ रन बनाए ।

त्रिभुवन विश्वविद्यालयका लागि भने पृथु बाँस्कोटाले ४८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४३ रन बनाउनुभयो । अन्य खेलाडीको खेल प्रदर्शन सम्झिनलायक रहेन । बलिङतर्फ ललितपुरका सुमित झाले चार तथा युनिस थापा र तिलक भण्डारीले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस