काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहका शीर्ष नेताहरुले केन्द्रीय कमिटी बैठक सकिएलगत्तै बल्खु पुगेका छन् ।
अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरासहित भुकम्पले क्षतिग्रस्त पार्टी कार्यालय बल्खु पुगेका हुन् ।
तत्कालीन एमालेको पार्टी कार्यालय भूकम्पले क्षतिग्रस्त बनेको थियो । त्यहाँ अहिले भग्नावशेष मात्र बांकी रहेकाले सोही ठाउँमा पार्टी कार्यालय बनाउने घोषणा गरेका छन् ।
नेताहरुले यहाँ रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् । यो ठाउँसँग आफूहरुको सम्बन्ध गाँसिएको भन्दै पार्टीको भवन बनाउने बताए ।
अध्यक्ष नेपालले केपीओली यति अलोकतान्त्रिक होलान् भन्ने आफूहरुले कल्पना नगरेको बताए भने वरिष्ठ नेता खनालले ओली अझै कम्युनिस्ट बन्न नसकेको बताए ।