काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहको संसदीय दलको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवन परिसरको लोत्से हलमा सुरु भएको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने र पुष्पकमल दाहाललाई चयन गर्ने बताइएको छ ।
मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो । नेता देव गुरुगका अनुसार बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।
यसअघि मंगलबारै बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।