काठमाडौँ । सत्तारूढ नेकपाको स्थायी कमिटी बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा आली पनि उपस्थित छन् ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेबाट सुरू भएको हो । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको छ ।
दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिका कारण बैठक रोकिएको थियो । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच दोस्रो पटक बैठक बसेपछि प्रधानमन्त्री कमिटि बैठकमा बस्न राजी भएका हुन्।