काठमाडौँ । कोरोना संक्रमणबाट दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रेम लामाको मृत्यु भएको छ । ५४ वर्षीय लामाको सोमबार दिउँसो सवा ३ बजे मृत्यु भएको हो ।
मंसिर २३ गते ललितपुरस्थित किस्ट मेडिकल कलेजमा भर्ना भएका लामाको स्वास्थ्य अवस्था नाजुकहुदै गएपछि आईसीयूमा उपचार भइरहेको थियो । अस्पतालका अनुसार कडा किसिमको निमोनिया, ज्वरो र सास फेर्न गाह्रो भएपछि आईसीयूमा उपचाररत उनलाई बचाउन नसकेको बताए ।