काठमाडौँ । नेपाली काँग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।
जसअनुसार काँग्रेसले कोरोना महामारीका बीच संघीय राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्तित शान्तिबाटिकामा वृहद कार्यक्रमको आयोजना गरिएको छ ।
सोअघि काठमाडौँ क्षेत्र नम्बरको भृकुटीमण्डपबाट जुलुस निकालियो भने क्षेत्र नम्बर २,३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्बर ५,६ र ७ लैनचौरबाट, क्षेत्र नम्बर ८ ले बसन्तपुर तथा ९ र १० ले सहिदगेटबाट जुलुस निकालेका थियो ।
जुलुस रत्नपार्कमा जम्मा भएर बागबजार, पुतलीसडक, कमलादी हुँदै पुनः रत्नपार्कको शान्तिबाटीकामा पुगेर सभामा परिणत भएको हो ।